एफए कपको पहिलो सेमिफाइनलमा आज राति सिटी र चेल्सी खेल्दै
बैशाख ८, २०८१ शनिबार
मकवानपुर – मकवानपुरको मनहरीमा तीन जना किरियापुत्रीले मतदान गरेका छन् ।
आज बिहानैबाट सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मनहरी–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा तीन जना किरियापुत्री दाजुभाइले मतदान गरेको मतदान अधिकृत भैरवबहादुर कुमालले जानकारी दिनुभयो ।
किरियापुत्री बिलराम खड्काले मतदान केन्द्र क, राजकुमार खड्का र राम खड्काले मतदान केन्द्र ख मा मतदान गर्नुभएको हो ।
उहाँहरूले आमा मैयाँ खड्काको निधनको चौथो दिन किरियापुत्रीको पहिरनमै मतदान गर्नुभएको हो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।