मतदान गरेर घर फर्कँदै गरेका २ युवा बाटोमै कुटिए

 मंसिर ४, २०७९ आइतबार १६:४४:३८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कँदै गरेका दुई युवा बाटोमै कुटिएका छन् । 

मतदान गरेर घर फर्कँदै गरेका युवालाई रामेछाप नगरपालिका–८ डुम्रिखर्क भन्ने ठाउँमा सडकमा नै बसिरहेका चार जनाकाे समूहले कुटपिट गरेका हुन् । कुटपिटमा परि रामेछाप नगरपालिका ८ का २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदी घाइते भएका छन् । 

उनीहरू दुवै जनाको घटनास्थलबाट उद्धार गरि अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । दुवै जनाको टाउको र खुट्टामा चाेट रहेको छ । दुवैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी भइरहेको रामेछाप नगरपालिका–८ का निर्वतमान वडाध्यक्ष केदार कार्कीले जानकारी दिनुभयाे । 

कुटपिटमा संलग्नमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ भने अन्य तीन जना फरार रहेका छन् । फरार रहेकाहरूकाे खोजी भइरहेको र घटना के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्गले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया