सप्तरीबाट १ सय वटा वाकीटकी बरामद
असोज १४, २०८० आइतबार
धादिङ - धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ भएकाे छ ।
धादिङ क्षेत्र नम्बर १ को मतपेटिका आइतवार रातिसम्म सङ्कलन गरिसकिएकाे भए पनि मतगणनामा भने ढिलाइ भएकाे हाे।
मतगणनाका लागि सर्वदलीय र बैठक बसेर विधि तथा सामान्य नियमहरु तय गरिनु पर्ने भएकाले सोमवार बिहान ८ बजेदेखि उम्मेदवार प्रतिनिधि र दलका प्रतिनिधिहरुको बैठक बसिरहेकाे क्षेत्रनम्बर १ का निर्वाचन अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो।
धादिङ क्षेत्रनम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८१ हजार १ सय १६ जनाले मतदान गरेका छन्। धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ७३ हजार १ सय ५७ मतदातामध्ये ४४ हजार ९ सय ९० जनाले मतदान गरेका छन् ।
धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा ५९ हजार १ सय ९७ मतदातामध्ये ३६ हजार १ सय २६ जनाले मतदान गरेका छन् । दल र उम्मेदवारहरुको बैठकपछि गल्छीमा दुई ठाउँमा मतगणना गरिने भएको छ।
धादिङ क्षेत्रनम्बर २ काे भने मतपेटिका धादिङ बेसी मुख्य निर्वाचनको कार्यालयमा आइपुगेपछि मतगणना गरिने छ । रुबीभ्याली गाउँपालिकाको हिमाली क्षेत्रको मतपेटिका सोमवार दिउँसोमात्र आइपुग्ने छ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।