नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

 मंसिर ५, २०७९ सोमबार ८:४९:२४ | रासस
unn.prixa.net

मनाङ - हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ। यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो।

हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । “चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थापन गरिएको हो”, उहाँले भन्नुभयो ।

“जिल्लाका अन्य मतदान केन्द्रबाट आइतबार नै मतपेटिका आइपुगेको छ। नार्पाभूमि विकट र चिसोका कारण मतपेटिका ल्याउन समस्या भएकाले हेलिकप्टरमार्फत ल्याउने व्यवस्था भएको छ”, उहाँले भन्नुभयो, “मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।”

जिल्लामा कूल ७१ दशमलव ४६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्ला कारागार मनाङको अस्थायी मतदान केन्द्रबाट दुई कैदीबन्दीसहित राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी गरी ९८ जनाले मतदान गरेका थिए। राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीका पाँच महिलाले अस्थायी मतदान केन्द्रमार्फत मतदान गरेका हुन्।

मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको शर्माले बताउनुभयो । प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक, प्रदेशसभा प्रत्यक्ष र समानुपातिक मतगणनाका लागि स्थल तयार भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

प्रदेश ‘१’मा दुई हजार छ सय २४ र प्रदेश ‘२’मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया