मकवानपुर १ मा कांग्रेसकी उपाध्यायलाई अग्रता, कमल थापा ५ सय ५४ मतले पछि

 मंसिर ५, २०७९ सोमबार १७:४५:३१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मि डीना उपाध्यायले अग्रता कायम राख्नुभएकाे छ । 

अहिलेसम्मकाे दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गर्नुभएकाे छ । सूर्य चिह्नका उम्मेदवार कमल थापा उहाँभन्दा धेरै मतले पछाडि हुनुहुन्छ । 

थापाले छ सय ३८ मत प्राप्त गर्दा कांग्रेसकी उपाध्यायसँगकाे मतान्तर पाँच सय ५४ पुगेकाे छ । यस्तै राप्रपाका दीपकबहादुर सिंहले ६५ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया