बझाङमा मंगलबारदेखि मतगणना

 मंसिर ५, २०७९ सोमबार १७:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

बझाङ – बझाङमा भोलि मंगलबारदेखि मतगणना सुरु हुने भएको छ ।

जिल्लाको विकट साईपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मात्रै मतगणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

साईपाल गाउँपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदलबाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा ल्याइएको छ ।  केही क्षेत्रबाट भने आज सोमबार हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो ।

हेलिकप्टर मंगलबार बिहान आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो । जिल्ला भरी ५२ प्रतिशत मत खसेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया