बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
फिफा विश्व कपकाे दाेस्राे खेलमा इङ्ग्ल्यान्डले इरानलाई फराकिलाे गाेल अन्तरले हराएकाे छ । आज साेमवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा इङ्ग्ल्यान्डले इरानलाई छ–दुई गाेल अन्तरले हरायाे ।
इङ्ग्ल्यान्डका लागि जुडे बेलिङ्घमले खेलकाे ३५ औँ मिनेटमा गाेल गर्दै टाेलीलाई अग्रता दिलायाे । यस्तै बुकायाे साकाले ४३ औँ र ६२ औँ मिनेटमा गाेल गरे । यस्तै रहीम स्टर्लिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरे । यस्तै मार्कस रशफाेर्डले ७१ औँ र ज्याक ग्रेलिशले ८९ औँ मिनेटमा गाेल गरे ।
इरानका लागि मेहदी तरेमीले खेलकाे ६५ औँ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरे । याे जितसँगै समूह 'बी' मा रहेकाे इङ्ग्ल्यान्ड तीन अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । इरान भने तालिकाकाे पुछारमा छ ।
यस्तै आजै समूह 'ए' काे अर्काे खेलमा सेनेगल र नेदरल्यान्ड्स खेल्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।