देउवा, ओली, प्रचण्ड र नेपालको अग्रता कायमै

 मंसिर ५, २०७९ मंगलबार ४:५४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आआफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ ।

पछिल्लो मतपरिणामअनुसार डडेलधुरामा देउवाको ३ हजार ९९२ मत आउँदा स्वतन्त्र उम्मेदवार सागर ढकालको १ हजार ९०८ मत आएको छ । कांग्रेस बीपीका कर्णबहादुर मल्लको १ हजार ९ सय ८ मत आएको छ ।

झापा ५ मा ओलीले ५ हजार १ सय ६३ मत ल्याउँदा कांग्रेसका खगेन्द्र अधिकारीको २ हजार ५७५ मत आएको छ । गोरखा २ मा प्रचण्डको २ हजार ४८३, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीको ६०७ र एमालेका अब्दुस मियाँको ४६६ मत आएको छ ।

यस्तै रौतहटमा माधव नेपालको ४ हजार २८३ र एमालेका अजयकुमार गुप्ताको ३ हजार ६०२ मत आएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया