प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको निर्वाचन क्षेत्रमा अझै पनि मतगणना सुरु हुन सकेन

 मंसिर ६, २०७९ मंगलबार १९:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीको उम्मेदवारी रहेको गुल्मी क्षेत्र नम्बर १ मा आज पनि मतगणना सुरु नहुँने भएको छ ।

मतगणनाको विषयमा सर्वदलीय सहमति जुट्न नसकेपछि भोलि बुधबार बिहान पुनः सर्वदलीय बैठक बसेपछि मात्र मतगणना कति बजेदेखि सुरु गर्ने भन्ने बिषयमा आधिकारी निर्णय हुने मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो । 

 गुल्मीको १ अन्तरगत कालिगण्डकी गाउँपालिका २  अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा  स्थगित भएको मतदान आज शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

मङ्सिर ४ गतेको चुनावमा  निर्वाचन अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र दिएको भन्दै यस मतदान केन्द्रमा मतदान  स्थगित भएको थियो  ।

 १३ सय ६९ मतदाता रहेको यो केन्द्रमा आज भएको निर्वाचनमा ९ सय १६ मत खसेको छ । मतपत्र सदरमुकाम तम्घास ल्याइँदै छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया