जुम्लामा ज्ञानेन्द्र शाहीलाई दोब्बर बढी मतको अग्रता

 मंसिर ६, २०७९ मंगलबार २०:१:१२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा प्रतिनिधि सभाको मतगणना चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले दोब्बर बढी मतको अग्रता कायम गर्नुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १३ हजार १ सय २७ मत गन्दा ज्ञानेन्द्र शाहीले ६ हजार ९ सय  ५७ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ३ हजार १ सय ९४ मत प्राप्त गर्नुभएको छ । शाही र कुँवरबीच मतको अन्तर ३ हजार ७ सय ६३ रहेको छ ।  

यसैगरी नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले १ हजार ६ सय ८८ र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ६ सय मत ल्याउनुभएको छ । 

३२ हजार ३ सय २१ मत गन्न बाँकी 

जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता रहेकोमा ४५ हजार ४ सय ४८  मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ  । अब ३२ हजार ३ सय २१ म्त गन्न बाँकी छ । 

जुम्लामा २०६४ सालको पहिलो संविधान सभा चुनावमा माओवादीका नरेश भण्डारी, २०७० मा कांग्रेसका ललितजंग शाही र २०७४ मा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत विजयी भएका थिए ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया