ललितपुर २ प्रदेशसभा २ काे 'क' मा एमाले विजयी

 मंसिर ६, २०७९ मंगलबार २०:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर  क्षेत्र नम्बर २ काे प्रदेशसभा २ काे (क)  मा नेकपा एमाले विजयी भएको छ ।

नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ  उहाँ ८ हजार २ सय ९८ मतसहित  विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका रिसा श्रेष्ठले ५ हजार ९ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले ३ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो ।

त्यसै गरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले ५ सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले ४ सय ४४, जनता समाजवादी पार्टी, नेपालका सुमन खड्काले ३ सय ५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले १ सय ५४ मत प्राप्त गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया