बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
धादिङ - धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा मतपत्र धेरै भेटिएपछि गणना रोकिएको छ ।
खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ ।
त्यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का छ । तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो ।
पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडा २४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडि हुनुहुन्छ । सिम्खडाको ९ हजार ८ सय ९ र तामाङको ९ हजार ५ सय ६३ मत रहेको छ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।