जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई विजयी

 मंसिर ७, २०७९ बुधबार १३:५१:३ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्ला प्रदेश (२) मा नेकपा एमालेका टेकराज पछाई विजयी हुनुभएकाे छ। गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई विजयी हुनुभएकाे हाे । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार ८ सय २७ मत प्राप्त गर्नुभएकाे छ। पछाई गठबन्धनका रोकायालाई एक हजार एक सय १२ मतान्तर पराजित गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । 

उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गर्नुभएकाे हाे । यस्तं नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ४ हजार १ सय ६५ मत प्राप्त गर्नु भएकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया