दलहरूको व्यवहारका कारण मतदान गर्नेहरू कम भए : पूर्व निर्वाचन आयुक्त

 मंसिर ७, २०७९ बुधबार १८:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदेशसभा चुनाव–२०७९ मा मतदान गर्नेहरूमा कमी आएको टिप्पणी गर्नु भएको छ । 

राजनीतिक दलहरूको व्यवहारबाट बिरक्तिएका र मतदाताहरूलाई सचेत बनाउन नसकिएका कारण यो चुनावमा मतदान गर्नेहरूको सङ्ख्यात्मक परिणाम घट्न गएको उहाँको निष्कर्ष छ । 

 

 

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले विदेशमा रहेका मतदाताहरू बढ्न गएको, खेतीको सिजनका कारण पनि चुनावमा कम मत खसेको समेत भनाइ राख्नुभयो । 

‘एउटा धेरै मतदाता बाहिर छ, दोस्रो, खेतीको सिजन छ, तेस्रो, हिजो, अस्तिका राजनीतिक दलहरूको कामकाज, व्यवहारले बिरक्तिएर जान्न भन्नेहरू पनि भए होलान्’ उहाँले भन्नुभयो ‘कतिपयलाई गठबन्धन भयो, आफ्नो दलको उम्मेदवार छैनन्, मेरो एउटा चिन्हमा भोट हालिरहेको अर्को चिन्हमा दिन जान्न भन्ने पनि भयो होला,  तर खास गरेर दलहरूले मतदाताहरूलाई मोटिभेटेड गर्न नसकेको कारण पनि कम मत खस्नु रहेको म भन्दछु ।’

पोखरेलले पैसा र डिजिटल प्रविधिको व्यवस्थापन गर्नुपर्ने कुरा या चुनावले मुख्य चुनौतीको रूपमा औँल्याएको पनि बताउनुभयो ।

निर्वाचनमा परिपक्वता आए पनि पैसा र डिजिटल प्रविधिको दुरुपयोग रोक्न भने निर्वाचन पर्यवेक्षकहरूले पनि आउँदो दिनमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा सुरक्षा चुनौती र मतदाता शिक्षामा कमी रहेको पाइएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया