दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
धादिङ – धादिङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रदेश सभा क मा सत्ता गठबन्धनबाट कांग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मतसहित विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याउनुभयाे । उहाँहरूबीच १ हजार २ सय ९४ मतकाे अन्तर छ ।
७३ हजार १ सय ५७ जना मतदाता रहेका यस प्रदेशमा ४४ हजार ६ सय १२ जनाले मतदान गरेका थिए ।
धादिङ २ काे प्रदेश सभा (क) मा पनि सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द लम्साल १९ हजार ४ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका डा. रामकुमार अधिकारीले १६ हजार ४ सय २२ मत प्राप्त गर्नुभयाे । उहाँहरूबीच २ हजार ९ सय ९७ मतकाे अन्तर छ ।
७० हजार ७ सय १ मतदाता रहेका यस क्षेत्रमा ३७ हजार ९ सय २२ जनाले मतदान गरेका थिए ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।