जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाही विजयी

 मंसिर ७, २०७९ बिहीबार २:१७:५८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – एकमात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएकाे हाे ।

सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै ज्ञानबहादुर शाही विजय हुनुभयाे । शाहीका प्रतिद्वन्द्वी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नुभयाे । 

भ्रष्ट्रचार विरुद्धको अभियानमा लागेका शाहीले पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ता हुँदै पत्रकार सम्मेलन गरेर जुम्लाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएकाे थियाे । विजय भएपछि ज्ञानेन्द्र शाहीले अब आफूले राष्ट्रको नेतृत्व गर्ने बताउनुभयाे ।

जुम्लाको संसदीय निर्वाचनको ईतिहासमा २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, वि.सं २०५६ सालमा नेकपा एमालेका देविलाल थापा, वि.सं २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही, २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महतले विजय हाशिल गरेका थिए ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया