मकवानपुर क्षेत्र नम्बर–२ प्रदेश सभा (क) मा कुमारी मोक्तान विजयी

 मंसिर ८, २०७९ बिहिबार ६:३१:३८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी हुनुभएकाे छ ।  उहाँ ३२२ मतान्तरले विजयी हुनुभएकाे हाे । 

उ‍हाँ निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई ३२२ मतले हराउँदै विजयी हुनुभएकाे हाे । उहाँले १९ हजार ८ सय ७३ मत ल्याउँदा ढकालले १९ हजार ५  सय ७१ मत प्राप्त गर्नुभएकाे छ ।

मोक्तान यसअघि पनि प्रदेश सभा सदस्य हुनुहुन्थ्याे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया