कञ्चनपुरमा बिना मगर साढे ५ हजारभन्दा धेरै मतले पछाडि

 मंसिर ८, २०७९ बिहिबार १८:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुर १ मा नेकपा माओवादी केन्द्रकी बिना मगर झण्डै ६ हजार मतले पछाडि पर्नुभएको छ ।

एमाले उम्मेदवार तारा लामा तामाङले २० हजार ५ सय ५२ मत ल्याउँदा मगरले १४ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचमा ५ हजार ५ सय ८२ मतान्तर रहेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ४ हजार ३ सय ८८ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले २८ सय ७६ मत ल्याउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया