भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७ विकेटले विजयी

 मंसिर ९, २०७९ शुक्रबार १५:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट न्युजिल्यान्डले सात विकेटले जितेको छ । 

अकल्यान्डमा भारतले दिएको ३ सय ७ रनको लक्ष्य न्युजिल्यान्डले १७ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका लागि टम लाथमले नटआउट १ सय ४५ र केन विलियम्सनले पनि नटआउट ९४ रन बनाए । बलिङतर्फ भारतका उमरन मलिकले २ र शार्दुल ठाकुरले १ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ६ रन बनायाे । भारतका लागि श्रेयस एअरले ८०, शिखर धवनले ७२ र शुभमन गिलले ५० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी र लकी फर्गुसनले ३/३ विकेट लिए । 

आजको जितसँगै तीन खेलको शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । दाेस्राे खेल आउँदाे आइतवार र तेस्राे खेल बुधवार हुनेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया