विश्व कपमा सेनेगलले कतारलाई ३–१ गाेलले हरायाे

 मंसिर ९, २०७९ शुक्रबार २१:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्व कप फुटबल अन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा सेनेगलले कतारलाई हराएकाे छ । 

अल थुमामा रङ्गशालामा भएकाे खेलमा सेनेगलले कतारलाई ३–१ गाेलले हरायाे । बाेलाए डियाले खेलकाे ४१ औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा सेनेगललाई १–० काे अग्रता दिलाएका थिए ।

सेनेगलले दाेस्राे हाफकाे तेस्राे मिनेटमै थप गाेल गर्दै २–० काे अग्रता बनायाे । सेनेगलका लागि फामारा देधिउले गाेल गरे । फेरि खेलकाे ७८ औँ मिनेटमा मोहम्मद मुन्टारीले कतारका लागि विश्व कप इतिहासकै पहिलो गोल गर्दै टाेलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ८४ औँ मिनेटमा बाम्बा डिएङले गाेल गर्दै सेनेगललाई ३–१ काे अन्तरले जिताए ।

याे जितसँगै सेनेगल ३ अङ्कसहित समूह 'ए' काे तेस्राे स्थानमा छ । दुवै खेलमा पराजित कतार अङ्कविहीन हुँदै पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया