कीर्तिमानपछि राेनाल्डाेले भने– ‘असम्भव भन्ने केही छैन’

 मंसिर ९, २०७९ शुक्रबार २२:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाेर्चुगलका स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाेले असम्भव भन्ने कुरा केही नभएकाे बताएका छन् । 

लगातार ५ विश्व कपमा गाेल गर्ने खेलाडीकाे कीर्तिमान बनाएकाे भाेलिपल्ट (आज शुक्रवार) राेनाल्डाेले फेसबुकमा लेखेका छन्, ‘५ विश्व कपमा गाेल गर्नु एक यस्ताे उपलब्धि हाे जसकाे बारेमा मैले सपनामा पनि साेचेकाे थिइनँ तर याे कुराले केही असम्भव नभएकाे प्रमाणित गरेकाे छ ।’ 

पाेर्चुगलका लागि प्रतिनिधित्व गर्नु आफ्ना लागि लागि गर्वकाे कुरा भएकाे भन्दै राेनाल्डाेले याे एक सुरुवात मात्रै भएकाे पनि बताएका छन् ।

हिजाे बिहीवार घानासँगकाे खेलमा गाेल गर्दै राेनाल्डाेले अर्काे विश्व कीर्तिमान बनाएका छन् । उनले लगातार ५ विश्व कपमा गाेल गर्ने खेलाडीकाे कीर्तिमान बनाएका हुन् । रोनाल्डोले यसअघि सन् २००६, २०१०, २०१४ र २०१८ को विश्व कपमा गोल गरेका थिए । सन् २००६ काे विश्व कप राेनाल्डाेकाे पहिलाे थियाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया