काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान निर्वाचित

 मंसिर १०, २०७९ शनिबार ६:३१:३ | रासस
unn.prixa.net

काभ्रे – काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तामाङ दोङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित हुनुभएको हो । 

त्यसैगरी उहाँका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया