विश्व कप फुटबल : इङ्ल्यान्ड र अमेरिका तथा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेले, कतार समूह चरणबाटै बाहिरियो

 मंसिर १०, २०७९ शनिबार ६:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा इङ्ल्यान्ड र अमेरिका तथा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत मैदानमा आज बिहान भएको खेलमा इङ्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै इङ्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ल्यान्ड ले २ खेलमा ४ अङ्क जोडेको छ । अमेरिका २ खेलमा २ अङ्क जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा इङ्ल्यान्ड ले इरानलाई ६–२ गोल अन्तरले हराएको थियो । पहिलो खेलमा अमेरिकाले वेल्ससँग एक/एक गोलको बराबरी खेलेको थियो ।

फिफा विश्व कप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खालिफा मैदानमा गएराति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले एक/एक गोलको बराबरी खेले । नेदरल्यान्ड्सले सुरुआती अग्रता बनाए पनि जोगाउन सकेन ।

खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई बराबरीमा ल्याए । बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । नेदरल्यान्ड्सले २ खेलमा ४ अङ्क जोडेको छ ।

इक्वेडर पनि ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० गोलले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो । यो समूहबाट कतार भने समूह चरणबाट बाहिरिएको छ ।

आयोजक कतार यो विश्व कपको समूह चरणबाट बाहिरिने पहिलो देश बनेको छ । समूह चरणको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले एक/एक गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो । कतार हिजोको खेलमा सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो । एक खेल खेल्न बाँकी रहेको कतार समूह ‘ए’ को पुछारमा छ ।

हिजो भएको पहिलो खेलमा इरानले १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोलले हराउँदै पहिलो जित निकालेको छ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया