विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : राति पौने १ बजे अर्जेन्टिना र मेक्सिको खेल्दै

 मंसिर १०, २०७९ शनिबार ९:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई वटा खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ को ट्युनिसिया र अस्ट्रेलियाबीच नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल हुनेछ ।

अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो । आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे तथा तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच खेल हुनेछ ।

समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । आज राति अर्जेन्टिना र मेक्सिको खेल्दैछन् । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । मेक्सिकोले पहिलो खेल पोल्यान्डसँग बराबरी खेलेको थियो ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया