रामेछापमा 'कान्छाराम' काे अग्रता कायमै, एमालेका ढुंगेल ९ हजार ५५ मतले पछि

 मंसिर १०, २०७९ शनिबार १४:३३:५८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको रामेछापमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले ३३ हजार २ सय ४७ मत ल्याउँदै अग्रता लिइ रहनुभएकाे छ । 

उहाँलाई नेकपा एमालेका कैलाश ढुंगेलले २४ हजार १ सय ९२ मत प्राप्त गर्नुभएकाे छ । कान्छारामले ढुंगेललाई ९ हजार ५५ मतले पछि पार्नुभएकाे छ । 

त्यस्तै प्रदेश सभा (ख) मा एमालेका मिलनकुमार घिसिङले १० हजार ९ सय ५१ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेकपा माओवादी केन्द्रका युवराज चौलागाईंले १० हजार ६ सय ९० मतसहित पछ्याइ रहनुभएकाे छ । 

प्रदेश सभा क काे नतिजा भने यसअघि नै आइसकेकाे छ । यहाँ गठबन्धनबाट माओवादीका तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएकाे थियाे । उहाँले एमालेका शान्तिप्रसाद पाैडेललाै १ हजार ९ सय ९१ मतान्तरले हराउनुभयाे । 

रामेछापमा ८८ हजार ९ सय ३३ मत खसेको थियो । अहिलेसम्म ६५ हजार ४ सय २० मतगणना भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया