राजेन्द्र महताेलाई हराउँदै सर्लाही २ मा महिन्द्रराय यादव विजयी

 मंसिर १०, २०७९ शनिबार १९:३७:४६ | रामबाबु खड्का
unn.prixa.net

काठमाण्डाै – सर्लाही क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट उठ्नुभएका नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्रराय यादव विजयी हुनुभएको छ ।

विजयी उम्मेदवार माओवादी केन्द्रका यादवले २३ हजार ५ सय २९ र लोसपाका उम्मेदवार महतोले २१ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनमा आबद्ध लोसपा र माओवादी केन्द्रबीच सर्लाही २ मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमतिअनुसार दुवै दलका उम्मेदवार थिए ।

राय २०५१ ,२०५६ ,२०६४ ,२०७०, २०७४ र २०७९ मा गरि ६ पठक चुनावमा सहभागी भइसक्नुभएको छ । उहाँ यही निर्वाचन क्षेत्रकाे निवर्तमान प्रतिनिधि सभा सदस्य पनि हुनुहुन्छ । महतो २०७४ को प्रतिनिधि सभा चुनावमा धनुषा ३ बाट निर्वाचित हुनुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया