विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : जर्मनी र स्पेनबीचको खेल राति पौने १ बजे

 मंसिर ११, २०७९ आइतबार ९:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिका नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् ।

एसियाको पावर हाउस मानिने जापानले पहिलो खेलमा जर्मनीलाई २–१ गोलले हराएको थियो । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘एफ’ को बेल्जियम र मोरक्को बेलुका पौने ७ बजे खेल्दैछन् ।

पहिलो खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हराएको थियो । मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्व कप अन्तर्गत आजको तेस्रो खेलमा राति पौने १० बजे क्रोएसिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै चौथो खेलमा समूह ‘ई’ का जर्मनी र स्पेन खेल्दैछन् । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया