विश्व कप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हरायो

 मंसिर ११, २०७९ आइतबार २१:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप फुटबल अन्तर्गत समूह 'एफ' को दोस्रो चरणको खेलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हराएको छ  । कतारको अल थुमामा स्टेडियममा भएको खेलमा बेल्जियम मोरक्कोसँग पराजित भएको हो । 

मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३औँ मिनेटमा पहिलो गोल र इञ्जुरी समयकाे दोस्रो मिनेटमा जाकारिया अबोउखालले दोस्रो गरे ।  उनीहरु दुवै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
पहिलो हाफको इञ्जुरी  समयमा चियाचले गोल गरे पनि भीएआरले अफसाइड मान्यता दिएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । 

जितसँगै  मोरक्कोले विश्व कपको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएकाे छ । मोरक्को चार अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने पहिलो खेलमा क्यानडालाई पराजित गरेको बेल्जियम ३ अङ्कसहित दोस्रो स्थानमा छ ।

मोरक्कोले अब अन्तिम खेल क्यानडासँग खेल्नेछ ।  बेल्जियमले अन्तिम खेल क्रोएसिया खेल्नेछ ।  आज राति नै समूह 'एफ' मा रहेका क्रोएसिया र क्यानडाबीच खेल हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया