विश्व कप फुटबल : स्पेन र जर्मनीको बराबरी, क्यानडा बाहिरियाे

 मंसिर १२, २०७९ सोमबार ६:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । अल बेयत रङ्गशालामा गएराति भएको खेल १–१ को बराबरीमा सकियो । स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ६२औँ मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै अग्रता दिलाए ।

यस्तै, खेलको ८३औँ मिनेटमा जर्मनीका निकलस फुलक्रुगले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरी पछि समूह 'ई' मा रहेको स्पेन ४ अङ्कसहित शीर्ष स्थानमा छ भने जर्मनी ३ अङ्कसहित पुछारमा छ ।

यस्तै,  गएराति नै भएको समूह 'ई' कै अर्को खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

अहमद बिन अलि रङ्गशालामा भएकाे खेलको ८१ औँ  मिनेटमा कोस्टारिकाका फुलर स्पेन्सले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जित पछि ३ अङ्क जोडेको कोस्टारिका समूहको तेस्रो स्थानमा छ भने जापान समान ३ अङ्क भए पनि दोस्रो स्थानमा छ ।

यस्तै, समूह 'एफ' का खेलमा मोरक्को र क्रोएसिया विजयी भएका छन् । मोरक्कोले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गर्यो भने क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराएको छ । जितपछि ४ अङ्क जोड्दै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । 

क्यानडाको यो लगातार दोस्रो हार हो । अङ्कविहीन क्यानडा समूहचरणबाट बाहिरिएकाे छ  । ४ अङ्क नै जोडेको मोरक्को दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया