विश्व कप फुटबलमा आज चार खेल : ब्राजिलले स्विट्जरल्यान्ड  र पोर्चुगलले उरुग्वेसँग खेल्ने

 मंसिर १२, २०७९ सोमबार ९:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज समूह 'जी' र समूह 'एच' का दुई–दुई खेल हुँदैछन् ।

पहिलो खेलमा समूह 'जी' को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल अन्तर्गत समूह 'एच' को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका  पौने सात बजे खेल्ने छन् । खेल एजुकेशन सिटी स्टेडियममा हुने छ ।

आजै हुने तेस्रो खेलमा समूह 'जी' का ब्राजिल र स्विट्जरल्यान्ड  राति पौने १० बजे खेल्दैछन् । ब्राजिल र स्विट्जरल्यान्ड आज दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित गरेको थियो ।

स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो । त्यस्तै चौथो खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्ने छ । समूह 'एच' मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल दोस्रो र  उरुग्वे पहिलो जितको खोजीमा हुनेछन्। 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया