स्याङ्जा-२ विवाद : छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

 मंसिर १२, २०७९ सोमबार १२:२१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा - स्याङ्जा क्षेत्र नं २ को चुनाव सम्बन्धी विवादकाे छानबिनका लागि गठन गरिएकाे टोलीले आज निर्वाचन आयोग समक्ष प्रतिवेदन बुझाउने भएकाे छ । 

आयोगका सहसचिव फणिन्द्र गौतमकाे नेतृत्वमा गठन भएकाे छानबिन टोलीले आज (सोमवार) आयोग समक्ष प्रतिवेदन बुझाउन लागेको हो ।

टोली जिल्लामा आएर स्थलगत अवलोकन तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनीतिक दल लगायतसँग छलफल  गरेको थियो । राजनीतिक दलसँग छुट्टाछुट्टै छलफल गरेको टोलीले मतदान अधिकृतहरुसँग पनि भेटेको थियो । ३ दिन भित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिएको थियो । 

चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।
क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले निर्वाचन आयोगको निर्देशन कुरिरहेको जानकारी दिनुभयो । 

यस क्षेत्रबाट कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले सचिव पद्मा कुमारी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायत प्रतिस्पर्धामा छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया