सुनसरी ४ मा मतगणना सुरु गर्न आयाेगकाे निर्देशन

 मंसिर १२, २०७९ सोमबार २०:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा अस्ति शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।  

कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ६ मत गडबड भएको भन्दै पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिनुभएको थियो । तर आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गन्न निर्देशन दिएको छ ।

६० हजारभन्दा धेरै मतगणना हुँदा कार्कीले एमालेका जगशीदप्रसाद कुसियैतलाई ९८ मतले पछि पार्नुभएको छ ।

यसैबीच भाेलि मङ्गलवार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया