आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै

 मंसिर १३, २०७९ मंगलबार ६:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिए पछि सुनसरी-४ मा सर्वदलीय बैठक बस्दै छ ।

आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको छ। सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गर्नु भएको छ ।

सुनसरी-४ मा कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया