विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : समूह ‘ए’ र ‘बी’ बाट अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्ने

 मंसिर १३, २०७९ मंगलबार ७:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्यान्ड्स र कतार खेल्दैछन् । यी दुई खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुङ्गो लाग्नेछ ।

त्यस्तै, आज हुने दोस्रो दुई खेलमा समूह ‘बी’ का इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्डबीच खेल हुनेछ । यी खेल राति पौने १ बजे सुरु हुनेछन् । साथै समूह ‘बी’ बाट अन्तिम–१६ मा पुग्ने दुई देशको टुङ्गो लाग्नेछ । विश्व कप फुटबलमा पोर्चुगल, ब्राजिल र फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । यस्तै गएराति भएको खेलमा ब्राजिलले स्विट्जरल्यान्डलाई १–० गोलले हराउँदै अन्तिम १६ मा पुगेको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया