सुनसरी-४ मा रोकिएको ठाउँबाटै मतगणना सुरु गर्ने सहमति

 मंसिर १३, २०७९ मंगलबार १०:१८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो ।

शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ ।

कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएपछि आजदेखि गणना हुन लागेको हो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया