सुनसरी ४ मा रोकिएको मतगणना सुरु

 मंसिर १३, २०७९ मंगलबार १५:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा राेकिएकाे मतगणना सुरु भएकाे छ । 

आज मङ्गलवार बिहान बसेकाे सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएर दिउँसो ३ बजेपछि मतगणना सुरु भएकाे हाे । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । 

सुनसरी ४ मा कांग्रेसबाट सञ्चारमन्त्रीसमेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले अग्रता बनाउनुभएको छ । 

कार्कीले छ सय छ मत गडबड भएकाे भन्दै पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिनुभएको थियो । तर आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गन्न निर्देशन दिएपछि आजदेखि गणना सुरु भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया