विश्वकप फुटबलमा इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा

 मंसिर १४, २०७९ बुधबार ६:५२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा पुगेका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै अन्तिम–१६ का दुई वटा खेल पनि तय भएका छन् ।

समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको छ । यस्तै सेनेगलले इक्वेडरलाई २–१ गोलले हराएर समूह ‘ए’ को उपविजेता बन्यो । सेनेगलको ६ अंक छ । 

यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० गोलले हरायो । इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो । यो समूहमा अमेरिका इरानलाई हराउँदै नकआउट चरणमा पुग्न सफल भयो । अमेरिकाको ५ अंक छ ।

अब अन्तिम–१६ मा नेदरल्यान्ड्सले अमेरिकासँग डिसेम्बर ३ मा तथा इंग्ल्यान्डले सेनेगलसँग डिसेम्बर ५ मा खेल्नेछ । यसअघि फ्रान्स, पोर्चुगल र ब्राजिल पनि अन्तिम १६ मा प्रवेश गरेका छन् ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया