भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले १–० ले जित्यो

 मंसिर १४, २०७९ बुधबार १८:४३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । आज बुधवार भएकाे तेस्रो खेल पनि वर्षाका कारण रद्द भएपछि न्युजिल्यान्डले शृङ्खला १–० ले जितेको हो । 

यसअघि पहिलो खेल पनि रद्द भएको थियो भने दोस्रो खेल न्युजिल्यान्डले जितेको थियो । 

आज न्युजिल्यान्डले भारतले दिएको दुई सय २० रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभरमा एक विकेट गुमाएर एक सय चार रन बनाउँदाको अवस्थामा पानी परेपछि खेल रद्द भएको हो ।

यसअघि भएको तीन खेलकाे टी–२० शृङ्खला भारतले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया