१० वर्षीया विद्यार्थीलार्इ बलात्कार प्रयासकाे आरोपमा शिक्षक पक्राउ

 असोज १९, २०७५ शुक्रबार २०:३२:९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुकुटेमा रहेको सुकुटे माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत एक १० वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

बालिका ट्युसन पढ्न गएको समयमा शिक्षकले जबर्जस्ती करणी प्रयास गरेको बताइएको छ ।

पक्राउ पर्नेमा सिरहा नवराजपुर गाउँपालिका घर भई त्यसै विद्यालयमा पढाउँदै आएका भोगेन्द्र प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक विमल राज कँडेलले जानकारी दिनुभयो । 

कँडेलले बिहीबार साँझ बालिकालाई बलात्कार प्रयास गरेको बताइएको छ । 

उजुरीका आधारमा उनलाई बिहीबारै पक्राउ गरी शुक्रबार जबर्जस्ती करणी प्रयासमा मुद्धा दर्ता गरीएको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया