मोरक्को, क्रोएसिया, जापान र स्पेन विश्व कप फुटबलको अन्तिम १६ मा

 मंसिर १६, २०७९ शुक्रबार ६:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा मोरक्को, क्रोएसिया, जापान र स्पेन अन्तिम १६ मा पुगेका छन् । आज बिहान भएको खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ ।

अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि अघि बढ्न सकेन ।

जापान ६ अङ्कसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । जर्मनी ४ अङ्क जोडे पनि गोल अन्तरमा स्पेनभन्दा पछि रह्यो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रह्यो । कोस्टारिका ३ अङ्ककासाथ चौथो हुँदै बाहिरियो । समूहमा पहिलो खेलको नतिजाले समीकरणमा निकै ठूलो भूमिका खेल्यो । जापानले पहिलो खेलमा जर्मनीलाई २–१ ले हराएको थियो । स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले पराजित गरेको थियो । 

गएराति भएको खेलमा अफ्रिकी देश मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गरी मोरक्को समूह ‘एफ’ को विजेता बन्दै अन्तिम–१६ मा प्रवेश गरेको हो । मोरक्कोले क्यानडालाई २–१ गोलले हरायो । क्यानडाले आत्मघाती गोलको उपहार पाएको थियो ।

त्यस्तै अर्को खेलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूहको उपविजेता बन्दै अन्तिम–१६ मा प्रवेश गरेको हो । गोलरहित बराबरी खेलेपछि बेल्जियम बाहिरियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया