बाजुरा र स्याङ्जामा कांग्रेस तथा दोलखामा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै

 मंसिर १७, २०७९ शनिबार ८:२९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभातर्फ मतगणना भइरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले सुरुआतदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले ११ हजार ७६ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले आठ हजार ८५२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले पनि अग्रता बढाउँदै लैजानुभएको छ । गुरुङले २२ हजार ४८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २० हजार २६७ मत प्राप्त गर्नुभएको छ ।

दोलखामा भने नेकपा (माओवादी केन्द्र) र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले आठ हजार ८४५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले आठ हजार ४३ मत प्राप्त गर्नुभएको छ ।   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया