विश्व कप फुटबल : नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया खेल्दै

 मंसिर १७, २०७९ शनिबार ८:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । आज नकआउट चरण अर्थात् राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् ।

राउण्ड अफ १६ को पहिलो खेलमा आज राति पौने नौ बजे नेदरल्यान्ड्स र अमेरिका खेल्दैछन् । नेदरल्यान्ड्स समूह 'ए' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका समूह 'बी' को उपविजेता बनेको थियो।

यस्तै दोस्रो खेलमा राति पौने १ बजे अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अस्ट्रेलिया समूह 'डी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया