हिउँ पन्छाएपछि खुल्यो नाग्म–गमगढी सडक खण्ड
माघ १५, २०७९ आइतबार
सर्लाही – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सुतेकै कटेजमा मृत अवस्थामा फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका -१३, पत्थरकोटमा रहेको होलिडे रिसोर्टको कटेजमा उहाँको शव शनिबार बिहान मृत अवस्थामा भेटिएको हो ।
नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन भट्टराई शुक्रबार राति सर्लाही आइपुग्नु भएको थियो । सप्तरी सदरमुकाम राजविराज घर भएका ६७ वर्षीय भट्टराई शुक्रबार बेलुका खाना खाएर कटेजमा सुत्न जानुभएका थियो। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
भट्टराईको निधनपछि नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभा स्थगित गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो । भट्टराई लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय हुनुहुन्थ्यो ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।