बाजुरा र स्याङ्जामा कांग्रेस तथा दोलखामा माओवादीकाे अग्रता कायमै

 मंसिर १७, २०७९ शनिबार १५:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले १४ हजार १ सय ५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ६ हजार मतले अग्रता बनाउनुभएको छ । गुरुङले २८ हजार ४ सय २६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६९४ मत ल्याउनुभएको छ ।

दोलखामा पनि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले मतान्तर बढाउनुभएको छ । कार्कीले १० हजार ६२ मत प्राीत गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आठ हजार ८८९ मत प्राप्त गर्नुभएको छ ।    

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया