जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कपको क्वाटर फाइनलमा

 मंसिर १९, २०७९ सोमबार २३:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ - जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा तीन-एकले हरायो ।

यसअघि जापानका लागि खेलको ४३ औँ मिनेटमा डेजन मायदाले गोल गरे । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।

अब क्रोएसियाले क्वाटर फाइनलमा आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया