वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई विश्वसनीय ...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ ।
आयोगले आज बुधवार सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा एमालेले ३४ सिट पाएको छ । दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सिट पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले पाँच/पाँच सिट पाएका छन् ।
प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० सिट हुन्छ ।
यस्तै प्रदेश सभामा एमालेले सातै प्रदेशमा गरी ७० सिट जितेको छ । यस्तै कांग्रेसले ६४, माओवादीले २९, राप्रपाले १७ तथा एकीकृत समाजवादी, जसपा र जनमतले नाै/नाै सिट पाएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीले पाँच, लोकतान्त्रिक समाजवादीले तीन, नेपाल मजदुर किसान पार्टीले दुई तथा नेपाल सङ्घीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एक/एक सिट पाएका छन् ।
प्रदेश सभातर्फ सात वटै प्रदेशमा गरी समानुपातिकतर्फ दुई सय २० सिट हुन्छ ।
तालिका
स्राेत : निर्वाचन आयाेग
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।