विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै

 मंसिर २२, २०७९ बिहिबार ८:५८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । नामिबिया भ्रमणमा रहेको नेपालले आज चौथो खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्यान्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् । हिजो भएको तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भयो।

त्यस्तै नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहिन हुँदा एक/एक अङ्क बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । ७ टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २३ खेलमा १८ अङ्कसहित छैटाैँ स्थानमा रहेको छ ।

स्कटल्यान्ड ३१ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया