नेपालले दियाे स्कटल्यान्डलाई १ सय २० रनकाे लक्ष्य

 मंसिर २२, २०७९ बिहिबार १६:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा स्कटल्यान्डसँगकाे खेलमा नेपाल एक सय १९ रनमै अलआउट भएकाे छ । 

नामिबियाकाे युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर ब्याटिङ गरेकाे नेपाल ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई/दुई विकेट लिए ।

एक सय २० रनकाे सामान्य लक्ष्य पाएकाे स्कटल्यान्डले केही बेरमा ब्याटिङ थाल्दै छ ।

यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् । हिजो बुधवार भएको तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भयो ।

त्यस्तै नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक/एक अङ्क बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।

सात टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २३ खेलमा १८ अङ्कसहित छैटाैँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३१ खेलमा ४४ अङ्कका साथ शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया