विश्वकप फुटबल : हेड टु हेडमा अर्जेन्टिना भन्दा नेदरल्याण्ड्स बलियो

 मंसिर २३, २०७९ शुक्रबार १०:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।

विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।

आज हुने क्वाटरफाइनलको दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स राति पौने १ बजे कतारको लुसाइल मैदानमा खेल्दैछन् । अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा गरी दुई पटक विश्वकप जितेको छ । हेड टु हेडमा अर्जेन्टिना भन्दा नेदरल्याण्ड्स बलियो छ ।

हेड टु हेड

यी दुई देश विश्वकपमा छैठौँपटक खेल्न लागेका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तेस्रोपटक नेदरल्यान्ड्ससँग विश्वकप खेल्दैछन् ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीच समग्रमा अहिलेसम्म ९ खेल भएकोमा नेदरल्यान्ड्सले ४ र अर्जेन्टिनाले ३ खेल जितेको छ । दुई वटा खेल बराबरी भएका छन् । समग्रमा नेदरल्यान्ड्सले १३ गोल गर्दा अर्जेन्टिनाले ६ गोल गरेको छ ।

सन् १९७४ मा भएको मैत्रिपूर्ण खेलमा नेदरल्यान्ड्स ४–१ गोलले विजयी भएको थियो । त्यस्तै १९७४ को विश्वकपमा अर्जेन्टिना नेदरल्यान्ड्सँग ४–० गोलले पराजित भएको थियो ।

सन् १९९९ को विश्वकपमा पनि नेदरल्यान्ड्ससँग अर्जेन्टिना २–१ गोलले पराजित भयो । अर्को सन् २००३ मा भएको मैत्रिपूर्ण खेलमा पनि नेदरल्यान्ड्स १–० गोलले विजयी भयो ।

अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । त्यसबेला अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ३–१ गोलले हरायो ।

लगत्तै अर्को वर्ष सन् १९७९ मा भएको फिफा सेलिब्रेसनमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टीमा हरायो । त्यस्तै अर्जेन्टिनाले सन् २०१४ को विश्वकप सेमिफाइनलमा पेनाल्टीमा नेदरल्यान्ड्सलाई ४–२ गोलले हराएको थियो ।

सन् २०१८ को विश्वकपमा नेदरल्यान्ड्स छनौट भएको थिएन । ८ वर्षपछि क्वाटरफाइनलमा दुई देशबीच सेमिफाइनल पुग्न प्रतिस्पर्धा हुन लागेको हो ।

सन् १९९९ मा भएको मैत्रिपूर्ण खेलमा १–१ गोलको बराबरी खेलेका यी दुई देशले सन् २००६ मा भएको विश्वकप समूह चरणमा भने गोलरहित बराबरी खेलेका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया