रेशम चौधरीको आममाफीबारे गगन थापा– ‘यो राजाको शासन होइन, क...
जेठ १५, २०८० सोमबार
काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् ।
कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।
विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।
क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ ।
ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
कीर्तिमान पाँच पटकको विजेता ब्राजिल र सन् २०१८ को उपविजेता क्रोएसिया अहिलेसम्म चार पटक खेलेका छन् ।
जसमा ब्राजिल ३ पटक विजयी हुँदा एउटा खेल बराबरी भएको छ । ब्राजिलले ७ गोल गरेको छ भने क्रोएसियाले २ गोल मात्रै ।
सन् २००५ मा भएको मैत्रिपूर्ण खेलमा दुई देशले एक/एक गोलको बराबरी खेलेका थिए ।
त्यस्तै सन् २००६ मा भएको विश्वकप फुटबलमा ब्राजिल १–० गोलले विजयी भयो । यसैगरी सन् २०१४ मा ब्राजिलले क्रोएसियालाई ३–१ र सन् २०१८ मा भएको मैत्रिपूर्ण खेलमा २–० ले जितेको थियो ।